२०८२ मंसिर ८ गते सोमवार / Nov 24 , 2025 , Monday
२०८२ मंसिर ८ गते सोमवार
Ads

उपन्यासकार 'निर्विज' अन्तर्राष्ट्रिय बज्जिका सेवीबाट सम्मानित

shivam cement
२०८२ मंसिर ७ गते ११:५२
Shares
उपन्यासकार 'निर्विज' अन्तर्राष्ट्रिय बज्जिका सेवीबाट सम्मानित

सर्लाही : बज्जिका भाषाका प्रखर उपन्यासकार विजय यादव 'निर्विज'लाई कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिका सेबी सम्मान–२०८२बाट सम्मान गरिएको छ ।

सर्लाही मलंगवामा बज्जिका साहित्य समाज सर्लाहीले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि जिल्ला सम्नव्य समिति सर्लाहीका सभापती कौशल किशोर सिंह र बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहाले सम्मान–पत्र प्रदान गरे ।

नेपालमै पहिलो बज्जिका उपन्यास प्रतिमाका लेखक 'निर्विज' अभिनयमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका छन् । २०७९ सालको मधानी महोत्सवमा पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनले विमोचन गरेका थिए ।

उनी फतुवा–विजयपुर नगरपालिकाको मेयर पदका निकटतम प्रतिस्पर्धी रहिसकेका तथा हाल आम जनता पार्टी लुम्बिनी प्रदेश अध्यक्षका रूपमा सक्रिय छन् । कार्यक्रममा नेपाल–भारतका साहित्यकार तथा संगीतकर्मीहरूलाई पनि सम्मान गरिएको थियो ।

रौतहटका साहित्यकार संजय साह मित्रलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको सचिव मुकेश मिश्रले जानकारी दिए । समारोहमा साहित्यकार, पत्रकार र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर