२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

गुञ्जियो गजल साँझ

Nada
२०८२ वैशाख ६ गते १९:५६
Shares
गुञ्जियो गजल साँझ

काठमाडौं : नेपाल गजल प्रतिष्ठानले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसर पारेर शनिबार साङ्गीतिक गजल गुञ्जन कार्यक्रम आयोजना गरेको छ ।

ncell

यस कार्यक्रममा गजलकारहरू सुमी पोख्रेल, रोमा लम्साल, खिम पुन, लोकेश संघात, विनोद बिम्बित, अनजान यात्री, अविनाश सापकोटा, आँचल कुमार शर्मा ,नृपेश उप्रेती, प्रमोद थापा, टक गुरुङ, प्रदीपकुमार मैनाली र भोजराज घिमिरे समेत १३ जना गजलकारहरूका गजल चर्चित गायक एवं गायिकाहरू सन्तोष श्रेष्ठ, राज सागर, वविना भट्टराई, झुमा निरौला भविन ढुङ्गाना, लालकाजी श्रेष्ठ अजर जङ्गम, जलजला परियार, आवाज शर्मा, रोशा फुँयाल, दीपिका श्रेष्ठ, अमिर परियार, प्रशान्त पोखरेलले गाएका थिए । 

गजलको संगीत एवं संगीत संयोजन चण्डी प्रसाद काफ्ले, रवि प्रञ्जल, करुण थापा, लालकाजी श्रेष्ठ, सन्तोष श्रेष्ठ, भविन ढुङ्गाना एवम् आवाज शर्माले गरेका थिए ।

कार्यक्रमकै अवसरमा हरेक २/२ बर्षमा गजल विधामा प्रकाशन भएका गजल संग्रह मध्ये गजलकार प्रमोद थापाको गजल संग्रह ‘अन्दाज’लाई निर्मला घिमिरेद्वारा स्थापना ३५ हजार रुपैयाँको इशा पुस्तक पुरस्कार एवम् सम्मान प्रदान गरिएको थियो । त्यसैगरी ‘के लत बस्यो मलाई’ गजलका गजलकार डा. प्रदीप कुमार मैनालीले स्थापना गरेका ‘के लत बस्यो’ नामक पुरस्कार गजलकार बसन्ता बराललाई प्रदान गरिएको छ । 

नेपाली गजलको सम्बर्धन र प्रवद्र्धनको उद्देश्य राखी स्थापना गरिएको यस प्रतिष्ठानले राजधानी र मोफसलमा गरी हालसम्म ६ ओटा साङ्गीतिक मुशायरा गजल गुन्जन कार्यक्रम र करिव आधा दर्जनभन्दा बढी तहत तथा तरन्नुमको गजल मुशायरा सम्पन्न गरिसकेको छ । यस प्रतिष्ठान अन्तर्गत बहरबहार एवम् मोती पाठशाला गरी २ ओटा अनलाइन गजल अभ्यासशाला संचालन गरिएका छन् ।

हरेक वर्ष विश्वव्यापी गजल प्रतियोगिता गर्दै आएको यस प्रतिष्ठानले विजेताहरूको गजल संग्रह प्रकाशन पनि गर्दै आएको छ ।

नेपाल गजल प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठका अनुसार आगामी मोती जयन्तीका अवसर पारेर अर्को साङ्गीतिक गजल गायन एवम् गजलका क्षेत्रमा उल्लेख्य योगदान दिने १ जना गायक एवम् १ जना सङ्गीतकारलाई सम्मान एवम् पुरस्कार प्रदान गर्ने कार्यक्रम राखिएको छ !
 

ताजा खबर

सम्बन्धित खबर