२०८२ कार्तिक २४ गते सोमवार / Nov 10 , 2025 , Monday
२०८२ कार्तिक २४ गते सोमवार
Ads

‎प्रारम्भिक सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण

shivam cement
सन्तोष पौडेल
२०८२ कार्तिक २३ गते १२:५०
Shares
‎प्रारम्भिक सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण

बर्दिया : ‎बर्दियाको ठाकुरबाबामा पुर्वानुमान तथा पूर्वतयारीका लागि जल तथा मौसम विज्ञान विभागको प्रारम्भिक सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

‎ठाकुरबाबा नगरपालिकाको आयोजना तथा प्लान इन्टरनेसनल नेपाल र बी ग्रुपको साझेदारीमा सञ्चालित 'प्रयास परियोजना'को आर्थिक तथा प्राविधिक सहयोगमा सो अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

‎कार्यक्रममा सहभागीहरूलाई प्रदान गरिने मौसम पूर्वानुमानको आधार, सूचना प्रवाहको विधि, स्थानीय तहमा प्रयोग हुने डिजिटल उपकरण र पूर्वसूचना संयन्त्रको महत्वबारे विस्तृत जानकारीले प्राकृतिक विपद् विशेषगरी बाढी, डुबान र चट्याङ जस्ता जोखिमका घटनापूर्वको जानकारीले प्रसारण प्रणालीलाई प्रभावकारी बनाउन सहयोग पुऱ्याउने नगरपालिकाले जनाएको छ ।

‎सोमबारसम्म सञ्चालन हुने अभिमुखीकरण कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, पालिकास्तरीय विपद् व्यवस्थापन समितिका पदाधिकारी, रेडक्रसका पालिकास्तरीय प्रतिनिधि, स्थानीय प्रहरीलगायतको सहभागिता रहेको छ ।

‎कार्यक्रमले स्थानीय तहमा मौसमसम्बन्धी सचेतना र समयमै सूचना प्रवाह गर्न सहयोग पुग्ने सहभागीहरूको विश्वास छ ।

ADV

सम्बन्धित खबर