कुनै दिन लिनेछ
यो सिङ्गो पृथ्वीले नै पनि
अनन्त विश्राम... !
सम्भावना छ
मान्छेका विचारहरू
एक अर्कासँग आणविक
युद्ध गर्दागर्दै ध्वस्त हुनेछिन् पृथ्वी...
अथवा
अन्तरिक्षबाट
जोडले खस्ने छ कुनै क्षुद्र ग्रह
यावत कुनै अन्जान कारणले
आउन सक्ने छ प्रलय...
त्यतिखेर
काम आउनेछैन
बैङ्कमा जम्मा गरेको रकम
न रहनेछन्
गीत÷कविता
विम्ब÷प्रतीक
न मूल्य – न मान्यता
न गणितका कुनै सूत्र
बाँकी रहनेछैन
सृष्टिका यावत चक्रहरू
मौसम र फूलहरू...
रहनेछैनन्
मानिसलार्ई बाँध्ने सारा बन्धनहरू
सानो अथवा ठूलो बनाउने
कुनै अन्धविश्वासको तुलो
परिभाषाहरू मासिनेछन्....
नासिनेछन् सभ्यताहरू...
न रहनेछन् – पण्डित र तिनका भगवानहरू...
न रहनेछन् – दार्शनिक र तिनका दर्शनहरू...
न बाँकी रहन्छ – देह र आत्माको भेद....
न बाँकी रहन्छ – रूप/रङ/जात र वर्गविभेद....
त्यति विशाल हुनेछ विध्वंश
हाम्रो अहङ्कारमा पनि
रहनेछैन त्यस्तो केही
जो बाँच्नेछ,
उठ्नेछ,
र हि“ड्नेछ समयको लयमा...
शून्यताले निल्नेछ
हाम्रो अस्मिता
र, एउटा अनन्त सङ्गीतमा
बिलाउनेछ जगत्को सारा खेल...
न तैरिनेछन् बादलहरू
समुद्रमाथि आकाशमा...
न उड्नेछन् फूलको सुगन्ध
धरतीमाथि बहने बतासमा...
साथी,
त्यसपछि पनि
फैलिनेछन् आकाशमा ताराहरू
सृजित हुँदै हुनेछन्
असीमित पृथ्वीहरू...
तर हेर्नका लागि न हुनेछौ तिमी
न हुनेछु म...
कुनै पनि दुश्मनी
धेरै पुरानो रहने
व्यवस्था छैन
यो अस्तित्वमा
जुन दिन लाग्नेछ
ब्रह्माण्डकोे आयुमा पूर्णविराम
त्यो दिनदेखि नै
हाम्रो शीतयुद्धले पनि
लिने छ अनन्त विश्राम....
के नै मूल्य छ
तिम्रो र मेरो अभिमानको ?
आऊ तिमी मेरो अहङ्कारको ऐनामा
आफ्नो पनि अनुहार हेर
ब्रह्माण्डको आयुको स्केलमा
हाम्रो दुश्मनीको लम्बाइ नापेर हेर...
तिमी भन्नेछौ,
अहो !
यति ठूलो
अहङ्कारलार्ई पनि
जाबो,
त्यति छोटो
शीतयुद्धको पो
लत लागेको रहेछ... !
(बुकहिलबाट प्रकाशोन्मुख ‘ईश्वरको कारागार’बाट)