२०८२ असोज २९ गते बुधवार / Oct 15 , 2025 , Wednesday
२०८२ असोज २९ गते बुधवार
Ads

सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल

shivam cement
मध्यान्ह
२०८२ असोज २९ गते ११:०२
सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल

काठमाडौँ : सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीतिक अवस्था सहजताका लागि दलहरूसँग परामर्श सुरु गरेका छन्  ।

सभामुखको कार्यकक्ष सिंहदरवारमा अहिले भइरहेको छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तत्कालीन प्रमुख सचेतक र सचेतक सहभागी रहेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेकका दलका प्रतिनिधि सहभागी छन् ।

पछिल्ला दिनमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)लगायतका राजनीतिक दलका पदाधिकारी तथा केन्द्रीय समितिको बैठक चलिरहेका बेला सभामुखसँगको यो भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise