काठमाडौं : जेनजी आन्दोलनमा कुटपिटमा परेपछि लामो समयदेखि बाहिर नदेखिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार पहिलोपटक सार्वजनिक भएका छन् । उनी पत्नी आरजु राणा देउवासँगै पार्टीको केन्द्रीय कार्यालय सानेपामा पुगेका थिए ।
देउवा केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन आएका हुन् । बैठकमा उनले सम्बोधन गरिरहेका छन् ।
गत भदौ २४ गते बुढानीलकण्ठमा भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीको कुटपिटमा परेका देउवालाई नेपाली सेनाले उद्धार गरेको थियो । सेनाले हेलिकप्टरबाट उनी र उनकी पत्नीलाई उद्धार गर्ने प्रयास गरे पनि असफल भएपछि स्थलमार्गबाट अस्पताल लगिएको थियो।
सुरक्षाका कारण उनको उपचारस्थल गोप्य राखिएको थियो । टाउकोमा गम्भीर चोट लागेका देउवालाई १२ टाँका लगाइएको कांग्रेस नेता मीन विश्वकर्माले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए ।