२०८२ असोज २८ गते मङ्गलवार / Oct 14 , 2025 , Tuesday
२०८२ असोज २८ गते मङ्गलवार
Ads

एमाले केन्द्रीय कमिटी बैठक बुधबार बस्ने

shivam cement
मध्यान्ह
२०८२ असोज २८ गते १६:१०
एमाले केन्द्रीय कमिटी बैठक बुधबार बस्ने

काठमाडौं : नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठक बुधबार बस्ने भएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठक बिहान ११ बजे ललितपुरको जावलाखेलमा राखिएको जानकारी दिए । उनका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची छ ।

बैठकमा आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुने प्रमुख गौतमले बताए । एमालेको यही असोज १२ गते बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय गरेको हो । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise