२०८२ असोज २८ गते मङ्गलवार / Oct 14 , 2025 , Tuesday
२०८२ असोज २८ गते मङ्गलवार
Ads

देउवा सार्वजनिक हुने भएपछि कांग्रेस मुख्यालयमा सुरक्षा व्यवस्था कडा

shivam cement
मध्यान्ह
२०८२ असोज २८ गते १३:०९
देउवा सार्वजनिक हुने भएपछि कांग्रेस मुख्यालयमा सुरक्षा व्यवस्था कडा

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक केहीबेरमा सुरु हुँदैछ ।

जेनजी आन्दोलनकारीहरुले आफ्नै निवासमा सांघातिक आक्रमणबाट घाइते भएका सभापति शेरबहादुर देउवा पनि सो बैठकमार्फत पहिलो पटक सार्वजनिक हुन लागेका छन् । सभापति देउवा बैठकमा सहभागी हुनेभएपछि नेपाली कांग्रेसको मुख्यालयमा कडा सुरक्षा प्रबन्ध गरिएको छ ।

प्रहरीको साथ नेपाली कांग्रेसका युवा संगठन तरुण दल र विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले मुख्यालयमा सुरक्षा दिइरहेका छन् । 

बैठकमा नेताहरुले सभापति देउवालाई पद छोड्न र समयमा नै नियमित महाधिवेशन गराउन दबाब दिने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, आमन्त्रित सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरु सहभागी हुनेछन् ।

ADV

सम्बन्धित खबर

Advertise