२०८२ असोज २९ गते बुधवार / Oct 15 , 2025 , Wednesday
२०८२ असोज २९ गते बुधवार
Ads

राष्ट्रिय हित र सार्वभौमिकताको पक्षमा अडिग रहेकै कारण एमालेमाथि आक्रमण : ओली

shivam cement
मध्यान्ह
२०८२ असोज २९ गते १२:३७
राष्ट्रिय हित र सार्वभौमिकताको पक्षमा अडिग रहेकै कारण एमालेमाथि आक्रमण : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई बर्बादीतर्फ धकेल्ने प्रवृत्तिविरुद्ध सतर्क रहँदै लोकतान्त्रिक तथा सुशासनयुक्त बाटोमा फर्काउनुपर्ने बताएका छन् ।

बुधबार पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनपछि सबैभन्दा बढी प्रहार नेकपा एमालेमाथि भइरहेको बताए ।

राष्ट्रिय हित र सार्वभौमिकताको पक्षमा अडिग रहेकै कारण पार्टी नेतृत्व र पार्टीमाथि प्रतिगमनकारी शक्तिहरु लागिपरेको उनको जिकिर छ । उनले नेकपा एमालेलाई नेपालको कम्युनिष्ट आन्दोलनको वैचारिक तथा व्यवहारिक अगुवाइ गर्ने पार्टीको रूपमा चित्रण गरे ।

मुलुकमा भ्रष्टाचार नियन्त्रण, राजनीतिक स्थिरता र राष्ट्रहितको काम मन नपराउने शक्तिहरु अझैपनि सक्रिय रहेको उल्लेख गर्दै उनले यसप्रति सजग रहन सबैलाई आग्रह गरे ।  

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले मुलुकको राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउँदै आत्मनिर्भरताको बाटोतर्फ डोहोर्‍याएको पनि दाबी गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise