काठमाडौं : नेपाली तथा भारतीय कविहरूले एउटै थलोमा बसेर नेपाली, हिन्दी, बंगाली, गुजराती लगायत भाषामा कविता वाचन गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित नेपाल–भारत काव्य सन्ध्या मञ्चमा कविहरूले आफ्नो शृजना सुनाएका हुन् ।
भारतको विभिन्न प्रदेशबाट आएका ४० साहित्यकारले रचना प्रस्तुत गरे । हिमालिनी पत्रिकाको सम्पादक डा. श्वेता दीप्तिले हिन्दी भाषामा कविता सुनाइन् । बिना थिङ, विमला तुम्खेवा, वसन्त चौधरी, विश्वविमोहन श्रेष्ठ, किशोर पहाडी, विधान आचार्य, राजेन्द्र शलभ र सन्ध्या पहाडीलगायत नेपाली कविले रचना प्रस्तुत गरे ।
भारतको गुजरातबाट डा. उषा उपाध्यायले गुजरातीमा प्रस्तुति दिइन्। वीणा बुद्धकी, अच्युता नन, किरण कुमारी, पुण्यादेवी, परवेज हुसेन, रञ्जितत गुगोई, मिताली भट्टाचार्य, वन्दना श्रीवास्तव र धनाकर ठाकुरले कविता सुनाए । कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, हिमालिनीका प्रबन्ध निर्देशक सच्चिदानन्द मिश्र, श्वेता दीप्ति, प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय लगायतका श्रष्टाले मन्तव्य दिएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies