२०८२ असोज १० गते शुक्रवार / Sep 26 , 2025 , Friday
२०८२ असोज १० गते शुक्रवार
Ads

भ्रष्टाचार अब क्षम्य हुँदैन : ऊर्जामन्त्री घिसिङ

shivam cement
मध्यान्ह
२०८२ असोज १० गते १६:४७
भ्रष्टाचार अब क्षम्य हुँदैन : ऊर्जामन्त्री घिसिङ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जेनजी पुस्ताको माग भ्रष्टाचार निर्मुल गर्ने, सुशासन कायम गर्ने रहेको बताएका छन् । नेपाल विद्युत प्राधिकरणले शुभकामना र बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देशमा भएका विभिन्न बेथितिको अन्त्य गरेर देशलाई समृद्धितिर अघि बढाउनुपर्ने जरुरी रहेको बताए । देशभित्रै बसेर काम गर्ने वातावरण बनाउने चाहना युवापुस्ताको चाहना पूरा गर्न जरुरी रहेको उनले बताए ।

सुशासनको विषयलाई गम्भीर रुपमा लागू गर्नुपर्ने उनले बताए । उनले जेनजी पुस्ताले उठाएका सुशासनका विषयलाई गम्भीर रुपमा लिएर लागू गर्दै जनताको सेवामा कमी हुन दिनु नहुने उल्लेख गरे । अनियमितता र भ्रष्टाचारको गन्ध आए तत्काल कारबाही गर्ने उनले चेतावनी दिए । उनले अब पनि त्यस्तै गतिविधि भइरहे अर्को ठुलो विद्रोह हुने र त्यसले कसौलाई नछोड्ने बताए ।

मन्त्री घिसिङले प्राधिकरणभित्र सुशासन कायम गर्न कटिबद्ध भएर लाग्न निर्देशन दिए । कुनै किसिमको अनियमितता र भ्रष्टाचार गरेको पाइए तत्काल कारबाही हुने उनले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise