काठमाडौँ : आज अन्तरराष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस आणविक हतियारको पूर्ण उन्मूलनसम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा मनाइँदै छ ।
सन् २०१३ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो । यद्यपि विश्वव्यापी आणविक निःशस्त्रीकरणका निम्ति राष्ट्रसंघीय महासभामा सन् १९४६ मा पहिलो प्रस्ताव पेस भएको थियो । राष्ट्रसंघका अनुसार आज पनि विभिन्न देशमा करिब १२ हजार २४१ आणविक हतियार बाँकी छन् ।
यस अवसरमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले आणविक हतियार भएका राष्ट्रहरूलाई हतियारहरूको पूर्ण उन्मूलनको लागि प्रतिबद्ध हुन आह्वान गरेका छन् ।