२०८२ असोज १० गते शुक्रवार / Sep 26 , 2025 , Friday
२०८२ असोज १० गते शुक्रवार
Ads

नयाँ पुस्तालाई नेतृत्व दिन पद त्यागेँ, वैकल्पिक शक्ति निर्माणको अभियान जारी रहन्छ : बाबुराम

shivam cement
मध्यान्ह
२०८२ असोज ९ गते १३:१७
नयाँ पुस्तालाई नेतृत्व दिन पद त्यागेँ, वैकल्पिक शक्ति निर्माणको अभियान जारी रहन्छ : बाबुराम

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउन आफूले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्ष पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन् ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले आफूले नेतृत्व छोडेको भएपनि वैकल्पिक शक्ति निर्माण गर्दै समाज रुपान्तरणको अभियानमा सधैं रहिरहने बताए ।

उनले राजनीतिक दलहरूभित्र पुस्तान्तरण अपरिहार्य भएको भन्दै नयाँ राजनैतिक शक्ति र युवा पुस्ताका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए । उनले प्रमुख तीन परम्परागत दलका शिर्ष नतोहरू पुष्पकमल दाहाल 'प्रचण्ड', शेरबहादुर देउवा र केपी शर्मा ओलीलाई भ्रष्ट भएको आरोप लगाउँदै उनीहरूले मुलुकलाई असफल बनाएको टिप्पणी गरे ।

उनले मुलुकमा सुशासन कायम गर्नका लागि जेनजी विद्रोह जायज भएपनि केही नेता र बाह्य शक्तिले आन्दोलनलाई बदनाम गर्ने काम गरेको टिप्पणी पनि गरे । उनले सुशीला कार्की नेतृत्वको सरकारलाई भ्रष्ट नेताहरूलाई कारबाही गर्न युवा पुस्ताले दबाब दिनुपर्ने बताए ।

उनले अध्यादेशमार्फत संविधान संशोधन गरेर प्रतयक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने बताए । निर्वाचन र शासकीय प्रणालीमा सुधार नगरेर भोलि पनि आजकै भ्रष्ट राजनीतिक दलहरूले देशको नेतृत्व गर्दा मुलुक थप जटिलतातर्फ जाने बताए । 

उनले जेनजी पुस्तालाई २१ फागुनमा हुने निर्वाचनमा संस्थागत भएर देशको नेतृत्व लिनुपर्नेमा जोड दिए । उनले बुधबार मात्रै नेसपा नयाँ शक्तिको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise