२०८२ असोज १० गते शुक्रवार / Sep 26 , 2025 , Friday
२०८२ असोज १० गते शुक्रवार
Ads

माओवादी केन्द्रको केन्द्रीय समिति भंग, मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय

shivam cement
मध्यान्ह
२०८२ असोज १० गते १८:३९
माओवादी केन्द्रको केन्द्रीय समिति भंग, मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय

काठमाडौं : नेकपा माओवादी केन्द्रले आगामी मंसीरमा विशेष महाधिवेशन गर्ने भएको छ । शुक्रबार सम्पन्न पार्टी केन्द्रीय समिति बैठकले केन्द्रीय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो ।

विशेष महाधिवेशनका लागि पार्टीको पदाधिकारी हटाएर अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को संयोजकत्वमा महाधिवेशन आयोजक समिति पनि गठन गरिएको पार्टीका प्रवक्ता अग्नीप्रसाद सापकोटाले जानकारी दिए ।

उनले सो महाधिवेशन आगामी मंसिरको अन्तिम सातासम्म सम्पन्न गर्ने निर्णय गरिएको पनि जानकारी दिए । बैठकले निर्वाचनमा जाने निष्कर्ष निकाल्दै त्यसका लागि सम्पूर्ण शक्ति परिचालन गर्ने पनि निर्णय गरेको छ ।

बैठकले जेनजी आन्दोनलका क्रममा क्षति भएको सार्वजनिक तथा पार्टीको संरचना निर्माणका लागि स्वमयसेवक परिचालन गर्ने पनि निर्णय गरेको छ ।

माओवादी केन्द्रले नेताहरुको सम्पत्ति छानबिन गर्नका लागि सम्पत्ति छानबिन आयोग पनि गठन गर्ने भएको छ । प्रवक्ता सापकोटाकाअनुसार तत्काल छानबिन समिति बनाएर नेताहरुको सम्पत्ति छानबिनको काम सुरु गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी केन्द्रीय कार्याल, सचिवालय र नेताका परिवारको व्यवस्थापनको कामलाई नयाँ ढंगले अघि बढाउने निर्णय पनि गरिएको माओवादी केन्द्रले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise