२०८२ कार्तिक ९ गते आइतवार / Oct 26 , 2025 , Sunday
२०८२ कार्तिक ९ गते आइतवार
Ads

दसैँको दिनबाहेक अन्य दिन अध्यागमन विभागले सेवा जारी राख्ने

shivam cement
मध्यान्ह
२०८२ असोज ९ गते ०७:३३
दसैँको दिनबाहेक अन्य दिन अध्यागमन विभागले सेवा जारी राख्ने

काठमाडौँ : अध्यागमन विभागले बडादसैँको सार्वजनिक बिदाको अवधिमा दसैँको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको छ ।

यही असोज १६ गते विजयादशमीका दिनबाहेक अन्य दिनमा बिहान ११:०० बजेदेखि दिउँसो १:०० बजेसम्म यस विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा सञ्चालन गरिने विभागले जनाएको हो । 

विभागका अध्यागमन अधिकृत शिवकुमार अधिकारीले एक सूचना प्रकाशित गरी यस अवधिमा हुने सार्वजनिक बिदामा मुख्य दिनबाहेक सबै दिनमा सेवा सञ्चालनमा रहने जानकारी दिएका हुन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise