काठमाडौंः काठमाडौं उपत्यका आसपासका नदीहरुमा बाढी आएको छ ।
बुधवार दिउँसोदेखिको अविरल वर्षापछि उपत्यकाका अधिकांश नदीहरुमा बाढी आएको हो । वागमती, धोविखोला, बल्खु खोला, विष्णुमती लगायतका नदिहरुमा बाढी आएको छ ।
वर्षा निरन्तर रहे बुधवार साँझसम्म जल सतह पार गर्ने भन्दै आवश्यक शतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह छ ।
जलवायु परिवर्तनको कारण जलचक्रिय प्रणालीमा आएको असरको कारण असोजमा अत्याधिक पछिल्ला वर्षहरुमा असोजमा अत्याधिक वर्षा हुने गरेको छ । गत वर्षको ११ र १२ असोजमा आएको बाढीको कारण ठूलो जनधनको क्षति भएको थियो ।