दोहा, कतार : पर्वत जलजला समाज कतारले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सव विविध कार्यक्रम गर्दै मनाउने भएको छ । समाजले दसैं तिहारको शुभकामना आदानप्रदानसहित संगीतमय माहोलका बीच वार्षिकोत्सव मनाउने गरी तयारीलाई तीव्रता दिएको छ ।
आउँदो शुक्रबार फूलबारी रेस्टुरेन्टको सभा हलमा सम्पन्न हुने कार्यक्रममा कतारमा रहेका कलाकारसहित अतिथि कलाकार आरसी पौडेलले सांगीतिक प्रस्तुति दिने समाजका अध्यक्ष देभाराज कार्कीले मध्यान्ह दैनिकलाई जानकारी दिए । सांगीतिक प्रस्तुतिका लागि हाल युकेमा रहेका पौडेल कतार पुगेर प्रस्तुति दिने भएका छन् भने उनी सँगै मेरो भोइस युनिभर्स सिजन २ कि फाइनालिस्ट जुनु प्रसाईंले पनि प्रस्तुति दिने भएकी छन् ।
मध्याह्न सवा १२ बजेबाट सुरु हुने कार्यक्रममा सरिक हुन जलजलावासी तथा पर्वतेसहित कतारवासी नेपालीलाई समाजले आग्रह गरेको छ । अतिथि कलाकारको आगमनसँगै तयारी पूरा हुने आयोजकले जनाएको छ । सन् २०२३ मा स्थापना गरिएको समाजले जिल्ला तथा जिल्ला बाहिरका विभिन्न स्थान र कतारमा समेत आफ्नो सक्रियता र आवश्यक ठाउँमा सहयोगलाई बढाउँदै लगेको छ ।