२०८२ असोज ७ गते मङ्गलवार / Sep 23 , 2025 , Tuesday
२०८२ असोज ७ गते मङ्गलवार
Ads

नमोबुद्धका पूर्व नगरप्रमुख तिमल्सिनाको निधन

shivam cement
मध्यान्ह
२०८२ असोज ७ गते १०:३७
नमोबुद्धका पूर्व नगरप्रमुख तिमल्सिनाको निधन

काभ्रेपलाञ्चोक : नमोबुद्ध नगरपालिकाका पूर्व नगरप्रमुख टंकप्रसाद (टिपी) शर्मा तिमल्सिनाको आज बिहान निधन भएको छ ।

पूर्व नगरप्रमुख तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको उनका भतिजा प्रकाश तिमल्सिनाले जानकारी दिए ।  

नमोबुद्ध–२ का ६७ वर्षीय तिमल्सिना २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा निर्वाचित भएका थिए । गत साउन १० गते बिपी राजमार्गको बीसकिलोमा छोरा किशोरले चलाएको स्कुटरमा सवार भएको अवस्थामा काठमाडौँतर्फ जाँदा उनी दुर्घटनामा परेका हुन् । 

गम्भीर घाइते उहाँ धुलिखेल अस्पतालको सघन उपचार कक्षमा उपचाररत थिए । तिमल्सिनाका श्रीमती र दुई छोरा छन् ।

ADV

सम्बन्धित खबर

Advertise