रौतहट : जेनजी आन्दोलनका क्रममा भड्किएको हिंसापछि गौर नगरपालिकामा लगाइएको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय, गौरले स्थिति सामान्य बन्दै गएको भन्दै भदौ ६ गते बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा हटाएको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र ६(ख) बमोजिम भदौ २८ गतेदेखि गौर नगरपालिकाभित्र निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञा क्षेत्र पूर्वमा नेपाल लज, पश्चिममा गौर घन्टाघर, उत्तरमा कृषि ज्ञान केन्द्र र दक्षिणमा जुद्ध उच्च माध्यमिक विद्यालयसम्म तोकिएको थियो ।
जेनजी आन्दोलनका क्रममा हिंसा भड्किएपछि स्थानीय प्रशासनले सुरुमा कर्फ्यू आदेश जारी गरेको थियो । त्यसपछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निषेधाज्ञा लागू गरिएको थियो । हाल स्थिति नियन्त्रणमा आएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय, गौरका अनुसार यो निर्णयले स्थानीय जनजीवन सामान्य अवस्थामा फर्कने अपेक्षा गरिएको छ ।