२०८२ असोज ५ गते आइतवार / Sep 21 , 2025 , Sunday
२०८२ असोज ५ गते आइतवार
Ads

सामाजिक जागरण अभियान नेपालले चितवनमा राष्ट्रिय भेला आयोजना गर्ने

shivam cement
मध्यान्ह
२०८२ असोज ५ गते १८:२७
सामाजिक जागरण अभियान नेपालले चितवनमा राष्ट्रिय भेला आयोजना गर्ने

काठमाडौं : सामाजिक जागरण अभियान नेपालको बैठक सम्पन्न भएको छ । बैठकमा नेपाली समाजमा हालैका घटना र परिघटनाहरूबाट उत्पन्न परिस्थितिको समीक्षा गरिएको थियो ।

पूर्वराजदूत नवराज सुवेदीले बैठकमा राजनीतिक र सामाजिक परिस्थितिबारे बोल्दै नयाँ सरकारले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले सहिद, घाइते र तिनका परिवारको जीवन रक्षाका लागि सरकार र समाजले सहयोग गर्नुपर्ने धारणा राखे । बैठकको सञ्चालन विमल पोखरेलले गरेका थिए भने ठाकुर पोखरेलले बैठकको उद्देश्यबारे प्रकाश पारे ।

बैठकमा उपस्थित सबैले आ-आफ्नो धारणा राखेका थिए । विशेषगरी, जेन्डी युवाहरूको माग सम्बोधन गर्नुपर्ने र हालैको आन्दोलनलाई लिएर अन्तर्राष्ट्रिय जगतमा नेपालप्रति नकारात्मक दृष्टिकोण बढ्दै गएको विषयमा छलफल भएको थियो ।

बैठकले जेनजी आन्दोलनलाई लुटपाट र कैदी भगाउने कार्यसँग नजोडिएको, बरु यो शासक दलका भ्रष्ट नेताहरूविरुद्धको आवाज भएको स्पष्ट पारेको छ । साथै, जेलबाट भागेका अपराधीहरूलाई छिट्टै पक्राउ गरी भ्रष्ट नेताहरूलाई कानुनी कठघरामा उभ्याउने विश्वासको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिइयो ।

बैठकको समापन अध्यक्ष डा. राजन केसीले गरेका थिए । बैठकले सामाजिक जागरण अभियान नेपाल र सताब्दी नेपालको अवधारणालाई एकीकृत रूपमा निर्धारण गरी राष्ट्रिय भेलामा प्रस्तुत गर्ने निर्णय गरेको छ । साथै, विधान मस्यौदा तयार गरी राष्ट्रिय भेलामा पेश गर्ने र आगामी २०८२ कार्तिक २४ र २५ मा चितवनमा राष्ट्रिय भेला आयोजना गर्ने निष्कर्ष निकालिएको अध्यक्षा डा. केसीले जानकारी दिए ।

ADV

सम्बन्धित खबर

Advertise