२०८२ असोज ५ गते आइतवार / Sep 21 , 2025 , Sunday
२०८२ असोज ५ गते आइतवार
Ads

पब्लिक स्पिच नेपालमा रावत प्रथम

shivam cement
मध्यान्ह
२०८२ असोज ४ गते २१:२८
पब्लिक स्पिच नेपालमा रावत प्रथम

काठमाडौं : काठमाडौंमा सम्पन्न पब्लिक स्पिच नेपालमा जाजरकोटका दिपक रावत प्रथम भएका छन् । 

फाइनल राउण्डमा विजयी बनेका रावतलाई ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा काठमाडौंकी मेलिसा कार्की दोस्रो र जाजरकोटकै दिपक परियार तेस्रो बने । उनीहरूले क्रमशः ३० हजार र २० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र पाएका छन् ।

यसैगरी, दोलखाकी उमा कार्कीले इसेवामार्फत सर्वाधिक भोट पाउँदै पब्लिक च्वाइस अवार्ड जितिन् । उनलाई २० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरियो । डोटीकी तोरिशा भण्डारीले सान्त्वना पुरस्कार (५ हजार रुपैयाँ) र पर्साकी प्रार्थना अधिकारीले प्रोत्साहन पुरस्कार (५ हजार रुपैयाँ) प्राप्त गरेकी छन् । 

विजेताहरुलाई राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, द आर्ट अफ लिभिङका वरिष्ठ प्रशिक्षक कञ्चन घिमिरे, सामाजिक अगुवा चक्र बहादुर चन्द, उत्प्रेरक डा. तारा बहादुर गिरी, वरिष्ठ सञ्चारकर्मी बबिता बस्नेतलगायतले पुरस्कार प्रदान गरेका थिए । 

युवाको वक्तृत्वकला विकास गर्ने, सार्वजनिक भाषण क्षमतामा उन्नति ल्याउने र प्रतिभालाई प्रोत्साहित गर्ने उद्देश्यसहित बास नेपालले प्रतियोगिता आयोजना गरेको हो । 

प्रतियोगिता तीन चरणमा सम्पन्न भएको थियो । भदौ १५ गतेसम्म समसामयिक विषयमा भिडियो पठाउन आह्वान गरिएकोमा देशभरका १ सय ३७ जनाले सहभागिता जनाएका थिए । अडिसन राउण्डबाट ६७ जना सेमिफाइनलमा पुगे भने सेमिफाइनलबाट २२ जना फाइनलमा पुगेका थिए । अन्तिममा १४ जना प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए ।

फाइनलमा सहभागीहरूले सुशासन र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण, अपांगता तथा समावेशिता प्रवद्र्धन, प्राकृतिक सम्पदाको संरक्षण र बौद्धिक पलायन रोकथाम जस्ता विषयमा मन्तव्य राखेका थिए ।

कार्यक्रम बास नेपालका पूर्व केन्द्रीय अध्यक्ष मन भण्डारीको अध्यक्षतामा भएको थियो । स्वागत तथा उद्देश्यबारे कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी गराएका थिए भने सञ्चालन काठमाडौं शाखा अध्यक्ष शकुन्तला शाहले गरेकी थिइन् ।

ADV

सम्बन्धित खबर

Advertise