झापा : 'आफ्नो गाउँठाउँ आफैँ सरसफाइ गरौँ' भन्ने मूल नाराका साथ राइजिङ टुगेदर फर चेन्ज (आरटिएफसी) परिवारले बिर्तामोड मुक्तिचोक क्षेत्रमा सरसफाइ गरेका छन् ।
स्थानीय स्तरमा जनचेतना फैलाउने उद्देश्यले आयोजित यो अभियानमा आरटिएफसीका सदस्यहरू, स्थानीय बासिन्दा र युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अभियानअन्तर्गत मुक्तिचोक वरपरको फोहरमैला व्यवस्थापन, सडक छेउका प्लास्टिकजन्य पदार्थ हटाउने कार्य तथा सरसफाइसम्बन्धी जनचेतनामूलक सन्देशहरू प्रचार गरिएको थियो ।
सरसफाइ कार्यक्रम सफाइमात्र नभई सामाजिक जिम्मेवारीप्रतिको प्रतिबद्धता पनि हो । स्थानीय बासिन्दाहरूले यस्तो सरसफाइ कार्यलाई स्वागत गर्दै भविष्यमा निरन्तरता दिन आग्रह गरेका छन् । आरटिएफसी परिवारले यस्ता अभियानलाई अन्य क्षेत्रसम्म विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।