काठमाडौँ : नारायणगढ-मुग्लिनसहित देशभरका मुख्य सडक अवरुद्ध भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आकस्मिक बैठक बसेको छ ।
बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुरहरूसँग यातायात मन्त्री कुलमान घिसिङले छलफल गरिरहेका छन् ।
नारायणगढ-मुग्लिन सडक खण्डको तुइनखोला पुल नजिकै शुक्रबार साँझदेखि पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ । पहिरो निरन्तर खसिरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको छ । यात्रुहरू रातिदेखि नै अलपत्र परेका छन् ।
केही दिनयताको वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न सात राजमार्ग अवरुद्ध भएका छन् ।