२०८२ असोज ३ गते शुक्रवार / Sep 19 , 2025 , Friday
२०८२ असोज ३ गते शुक्रवार
Ads

संविधान खारेज गरिँदै थियो, मैले बचाउन सहजीकरण गरें : प्रचण्ड 

shivam cement
मध्यान्ह
२०८२ असोज ३ गते १२:२४
संविधान खारेज गरिँदै थियो, मैले बचाउन सहजीकरण गरें : प्रचण्ड 

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान बचाउन र आन्तरिक सरकार गठनका लागि आफूले सहजीकरण गरेको बताएका छन् ।

जेनजी आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढलेपछि संविधान र राष्ट्रपति संस्था पनि खारेज गर्न लागिएको दाबी गर्दै ‘प्रचण्ड’ले आफूले बचाउन सहजीकरण गरेको दाबी गरेका हुन् ।

संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले त्यसका लागि राष्ट्रपति र प्रधान सेनापतिसँग रातभर छलफल गरेको बताएका हुन् ।

‘इतिहासले, घटनाक्रमले र संयोगले यो प्रक्रियामा कुनै न कुनै रूपले सहजीकरण गर्ने अवसर दियो मलाई । मैले संसद् विघटन मात्रै होइन । संविधान खारेज गर्ने र राष्ट्रपति हटाउन के कस्ता कसरत भए भन्ने कुरा नजिकबाट हेर्ने, बुझ्ने अवसर पाए’, उनले भने, ‘अन्तिममा हुन सक्ने जति सहजीकरण रातभर बसेर सम्माननीय राष्ट्रपति, प्रधान सेनापति र अन्य दलका नेताहरूसँग संवाद गरेर अन्तरिम सरकारको यो रूपमा गएर पनि संविधान बचाउनु पर्छ भने ।’

वर्तमान संविधान सामान्य संविधान नभएको बताउँदै उनले राष्ट्रपति संस्थालाई हर हालतमा बचाउनुपर्छ भनेर आफू लागेको बताए । यो संविधान र राष्ट्रपति संस्थासँग माओवादीको योगदान रहेको बताउँदै उनले यो सहजीकरण गर्ने अधिकार पनि भएको बताए ।

उनले प्रधानसेनापतिलाई पनि धन्यवाद दिएका छन् । प्रधान सेनापतिले राजनीति रूपले निकास निस्केन भने मुलुक भयानक अप्ठेरोमा जान सक्ने भनेर कोसिस गरेको आफूले देखेको उनको दाबी छ ।

उनले जेन जेडले आगजनी र तोडफोड नगर्न अपिल गर्दा गर्दै पनि त्यस्तो घटना भएको भन्दै ‘प्रचण्ड’ले घुसपैठ भएको बताए । हालको संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

ADV

सम्बन्धित खबर

Advertise