२०८३ मंसिर ५ गते शनिवार / Nov 21 , 2026 , Saturday
२०८३ मंसिर ५ गते शनिवार

‘शोकलाई शक्तिमा बदल्दै संविधानको संरक्षण गर्दै अगाडि बढ्नुपर्छ’

Nada
२०८२ असोज ३ गते १२:१३
Shares
‘शोकलाई शक्तिमा बदल्दै संविधानको संरक्षण गर्दै अगाडि बढ्नुपर्छ’

काठमाडौँ : नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संविधान दिवसको अवसरमा वर्तमान परिस्थितिलाई आत्मसात् गर्दै संविधानको रक्षा र कार्यान्वयनमार्फत मुलुकलाई अघि बढाउनुपर्ने धारणा राखेकी छन् ।

शुक्रबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित संविधान दिवसको कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले मुलुक अहिले शोकको घडीमा रहेपनि एकताबद्ध भएर अघि बढे शोकलाई शक्तिमा बदल्न सकिने बताइन् ।

‘यतिबेला हामी शोकको घडीमा छौँ,’ उनले भनिन्, ‘तर हामी एकताबद्ध भएर अझै दरो एकताका साथ अगाडि बढ्ने हो भने शोकलाई शक्तिमा बदल्न सक्छौँ ।’ शाक्यले अहिलेको संविधान संघीय लोकतान्त्रिक गणतन्त्रको आधार भएको उल्लेख गर्दै त्यसको संरक्षण र कार्यान्वयनमै देशको भविष्य रहेको बताइन् ।

‘हामी अत्तालिन जरुरी छैन, निराश हुन पनि जरुरी छैन,’ उनले भनिन्, ‘संविधान छ, संघीय लोकतान्त्रिक गणतन्त्र छ, समाजवादको लक्ष्य बोकेको संविधान छ ।’ उनले वर्तमान राजनीतिक संरचनामध्ये राष्ट्रपति, उपराष्ट्रपति, प्रदेशसभा र स्थानीय सरकार कायम रहेको स्मरण गराउँदै प्रतिनिधिसभा विघटन नभएको भए अझ राम्रो हुने धारणा पनि राखिन् ।

शाक्यले संविधानलाई समयानुकूल परिमार्जन गर्न सकिने सम्भावनाको संकेत पनि दिँदै भनिन्, ‘संविधानलाई आत्मसाथ गरेर नयाँ नेपालको लागि अगाडि बढ्न जरुरी छ । संविधान परिस्थिति अनुकूल परिमार्जन गरेर पनि सबैको सरसल्लाहमा अघि बढ्न सकिन्छ ।’

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर