२०८२ असोज ३ गते शुक्रवार / Sep 19 , 2025 , Friday
२०८२ असोज ३ गते शुक्रवार
Ads

जेनजी आन्दोलनमा प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चलेको ओलीको दाबी, छानबिन गर्न माग

shivam cement
मध्यान्ह
२०८२ असोज ३ गते ०९:४५
जेनजी आन्दोलनमा प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चलेको ओलीको दाबी, छानबिन गर्न माग

काठमाडौँ : पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग भएको दाबी गर्दै घटनाको छानबिन गर्न माग गरेका छन् ।

संविधान दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले शान्तिपूर्ण भनिएको प्रदर्शनमा घुसपैठ गराई षड्यन्त्रपूर्वक हिंसा मच्चाइएको आरोप लगाए ।

ओलीले भनेका छन्, “सरकारले प्रदर्शनकारीलाई ताकी ताकी गोली हान्ने आदेश दिएको थिएन । प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्छ ।”

उनले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे । साथै संविधान र सार्वभौमसत्तामाथि भएको आक्रमणविरुद्ध सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने आवश्यकता औँल्याए ।

ओलीले प्रधानमन्त्रीबाट आफ्नो राजीनामापछि सिंहदरबार र नेपालको नक्सा जलाइएको स्मरण गर्दै, देशको निशानी मेटाउन खोजिएको टिप्पणी गरेका छन् । साथै जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, नेता कार्यकर्ताका घर तथा व्यक्तिगत सम्पत्ति लक्षित गरिएका आगजनी घटनालाई गम्भीर षड्यन्त्रको संज्ञा दिएका छन् ।

उनले सबै पुस्ताका नेपालीलाई सार्वभौमसत्तामाथि भएको प्रहार सामना गर्न र संविधानको रक्षा गर्न एकजुट हुन आह्वान समेत गर्दै भनेका छन् “सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो । हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय सङ्कटबाट मुलुकलाई फेरि उठाउन र जोगाउन सक्छ ।”

यस्तो छ उनले सामाजिक सञ्जालमा लेखेको सन्देश 


ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise