२०८२ भदौ ३१ गते मङ्गलवार / Sep 16 , 2025 , Tuesday
२०८२ भदौ ३१ गते मङ्गलवार
Ads

पहिरोले महकाली राजमार्ग अवरुद्ध

shivam cement
मध्यान्ह
२०८२ भदौ ३१ गते १२:४६
पहिरोले महकाली राजमार्ग अवरुद्ध

बैतडीः वर्षासँगै पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत यहाँको दोगडाकेदार–५ सलसेनास्थित साजाधारमा आज बिहान पहिरो खसेको स्थानीय शेरसिंह कार्कीले जानकारी दिए ।

उनले भने, ‘वर्षापछि सडक माथिबाट ठूलो पहिरो खसेको छ । सवारी आवागमन पूर्ण रुपमा अवरुद्ध छ ।’ राजमार्ग अवरुद्ध हुँदा महेन्द्रनगर, धनगढी, काठमाडौंका साथै सदरमुकामसँगको सडक सम्बन्ध टुटेको छ । यात्रुहरु बीच बाटोमै रोकिएका छन् ।

यसैबीच अवरुद्ध जयपृथ्वी राजमार्ग भने सञ्चालनमा आएको छ । खोड्पे–बझाङ सडकखण्डको मुस्याखानमा पहिरो खस्दा अवरुद्ध राजमार्ग सञ्चालन आएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।  

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise