२०८२ भदौ ३० गते सोमवार / Sep 15 , 2025 , Monday
२०८२ भदौ ३० गते सोमवार
Ads

विविध कार्यक्रमसहित नेपाली फिटनेस टिम कतारले वार्षिकोत्सव मनाउने

shivam cement
तिलु शर्मा पौडेल
२०८२ भदौ ३० गते १७:५७
विविध कार्यक्रमसहित नेपाली फिटनेस टिम कतारले वार्षिकोत्सव मनाउने

दोहा, कतार : नेपाली फिटनेस टिम कतारले आफ्नो पहिलो वार्षिकोत्सव मनाउने भएको छ । विविध कार्यक्रमसहित आउँदो शुक्रबार नेपाली युथ फिटनेस एन्ड केलिस्थेनिक्सका संस्थापक अध्यक्ष शुकदेव कार्कीको विशेष आतिथ्यतामा वार्षिकोत्सव मनाउन लागिएको हो ।

नेपालबाट आमन्त्रित अतिथि कार्कीले फिटनेसको आवश्यकता र अपरिहार्यताका बारेमा उपस्थितलाई प्रोत्साहित गर्दै प्रशिक्षित गर्ने कार्य तालिका रहेको टिम कतारका अध्यक्ष कृष्ण सुनारले मध्यान्ह दैनिकलाई जानकारी दिए । सुनारले कार्यक्रमको तयारीलाई तीव्रता दिइएको बताउँदै निर्धारित समयमा कार्यक्रम सुरु हुने भएकोले शुक्रबार बिहान १२ बजेभित्र फूलबारीको हलमा उपस्थित हुन आग्रह गरेका छन् ।

निःशुल्क प्रवेशको व्यवस्था रहेको कार्यक्रममा सरिक भएर लाभ लिन आयोजकले अनुरोध समेत गरेको छ । कार्यक्रममा कतारमा रहेका कलाकारहरूले सांगीतिक प्रस्तुति दिने भएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise