२०८२ भदौ ३० गते सोमवार / Sep 15 , 2025 , Monday
२०८२ भदौ ३० गते सोमवार
Ads

उपत्यकाका विद्यालयहरुमा पठनपाठन सुरु

shivam cement
मध्यान्ह
२०८२ भदौ ३० गते ११:१४
उपत्यकाका विद्यालयहरुमा पठनपाठन सुरु

काठमाडौंः जेनजी आन्दोलनका कारण बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालयहरु क्रमशः सञ्चालन हुन थालेका छन् ।

सोमवारबाट काठमाडौं उपत्यकाका विद्यालयहरु सुचारु हुन थालेका हुन् । जेनजी आन्दोलनले त्रस्त विद्यालयहरु केही दिनका लागि बन्द गरिएको थियो । जेजी आन्दोलनमा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायत सरकारी निकायहरु जलेर ध्वस्त भएसँगै विद्यालयहरुले केही दिनका लागि पठनपाठन बन्द गरेका थिए ।

अहिले अवस्था सामान्य बनेसँगै विद्यालयहरु पुनः सञ्चालन भइ पठनपाठन सुरु गरेका छन् । तर जेनजीका मागहरु पूरा नभएको भन्दै आइतवार साँझ जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ समूहले आन्दोलन गर्दै नाराबाजीसहित प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेसँगै स्थिति पुनः जटिल बन्नेतर्फ अग्रसर भएको कतिपयको आँकलन छ ।

प्रधानमन्त्री कार्कीले जेनजीसँग छलफल नै नगरी मन्त्रीपरिषद् विस्तार गरेको भन्दै गुरुङ समूहले नाराबाजी गरेको थियो । उनीहरुले आफूहरुका माग पूरा नभए आन्दोलन नरोकिने पुनः सडकमा आउने चेतावनी दिएका छन् ।
 

ADV

सम्बन्धित खबर

Advertise