२०८२ कार्तिक १३ गते बिहिवार / Oct 30 , 2025 , Thursday
२०८२ कार्तिक १३ गते बिहिवार
Ads

अस्ट्रेलियामा ‘प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२५’ सम्पन्न

shivam cement
२०८२ भदौ २९ गते १७:३६
अस्ट्रेलियामा ‘प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२५’ सम्पन्न

काठमाडौं : सिजन मिडियाले हिमाली कल्चरल ग्रुप र इभेन्ट्स नेपाल अस्ट्रेलियाको सहकार्यमा अस्ट्रेलियामा प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२५ भव्यताका साथ सम्पन्न गरेको छ । लामो समयदेखि अस्ट्रेलियामा विभिन्न पेशा–व्यवसायमा सफलता हासिल गरेका नेपाली मूलका व्यावसायिक व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि अस्ट्रेलियाको भिक्टोरियामा नेपालका मानार्थ वाणिज्यदूत निराजन गौली रहेका थिए । उनले अवार्ड प्राप्तकर्ताहरूलाई बधाई दिँदै नेपाली समुदायभित्र पेशागत उत्कृष्टतालाई सम्मान गर्नुपर्ने आवश्यकता औंल्याए । “यस्ता कार्यक्रमहरू केवल अवार्ड वितरणका लागि होइनन्, यी परिश्रमको उत्सव हुन् । यसले युवा पुस्तालाई प्रेरित गर्छ र अस्ट्रेलियामा नेपाली व्यावसायिक व्यक्तित्वहरूको योगदानलाई उच्च सम्मान दिन्छ,” गौलीले भने ।

No description available.

आयोजक संस्थाका अध्यक्ष प्रदीपराज वन्तका अनुसार कार्यक्रममार्फत कानुन, व्यवसाय, शिक्षा, अनुसन्धान, समुदाय सेवा, मिडिया, प्रविधि र उद्यमशीलता जस्ता क्षेत्रमा उल्लेखनीय योगदान गरेका व्यक्तित्वलाई सम्मान गरिएको हो ।

अवार्ड प्राप्त गर्नेमध्ये कानुनी क्षेत्रमा विशिष्ट योगदान गरेबापत वकिल टोनु घोठानेलाई उत्कृष्ट कानुनी तथा वकालत अवार्ड प्रदान गरियो । त्यस्तै योगेन्द्र राज जोशी, गोर्खा समाज अस्ट्रेलियाका अध्यक्षलाई रियल इस्टेट तथा सामुदायिक नेतृत्व अवार्ड र परसुराम शर्मा लुइटेललाई शरणार्थी वकालत तथा बहुसांस्कृतिक नेतृत्व अवार्ड दिइयो ।

No description available.

युवा उद्यमशीलतामा देखाएको अग्रणी भूमिकाका लागि रन्जित राज वन्तलाई युथ बिजनेस अवार्ड प्रदान गरियो । निराजन शिवाकोटी, आरएमआइटी सिटी क्याम्पसका प्राध्यापकलाई अनुसन्धान तथा नवप्रवर्तन उत्कृष्टता अवार्ड दिइयो भने ईश्वर दाहाललाई शिक्षा क्षेत्रमा देखाएको योगदानका आधारमा शिक्षा नेतृत्वमा उत्कृष्टता अवार्ड प्रदान गरियो । उद्यमशीलता प्रवर्द्धनमा सक्रिय सैवाल न्यौपानेलाई युवा वकालत तथा उदाउँदो उद्यमी अवार्ड बाट सम्मान गरियो ।

प्रविधि र शिक्षामार्फत युवालाई सशक्त बनाएको योगदानको कदर गर्दै ऐश्वर्या कंसकारलाई युवा प्रविधि तथा शिक्षा सशक्तीकरण अवार्ड प्रदान गरियो । महिला नेतृत्व र सशक्तिकरणका क्षेत्रमा उल्लेखनीय काम गरेकी डा. जमुना पराजुलीलाई महिला नेतृत्व तथा सशक्तीकरण वकालत अवार्ड दिइयो ।

No description available.

मिडिया क्षेत्रमा योगदान पुर्‍याएको आधारमा चिरञ्जीबी राज देवकोटालाई प्रवासी मिडिया नेतृत्वमा उत्कृष्टता अवार्ड प्रदान गरियो । वित्तीय क्षेत्रमा सक्रियता देखाउँदै आएका रन्जित शाहलाई वित्तीय सेवामा उत्कृष्ट योगदान अवार्ड दिइयो। स्वास्थ्य शिक्षामा योगदानका लागि बसन्त बगालेलाई स्वास्थ्य शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान अवार्ड प्रदान गरियो ।

मेलबर्न इन्स्टिट्युट अफ टेक्नोलोजीका संस्थापक शेष घलेलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । शिक्षा क्षेत्रमा नेतृत्व प्रस्तुत गरेको आधारमा रामचन्द्र पौडेललाई अन्तर्राष्ट्रिय शिक्षा नेतृत्व अवार्ड दिइयो भने युवा शिक्षा तथा आप्रवासन सेवामा योगदान गरेको भन्दै सागर शाहीलाई युवा शिक्षा तथा आप्रवासन सेवा अवार्ड प्रदान गरियो ।

त्यस्तै, वातावरणीय दिगोपन र व्यवसायिक क्षमतामा योगदानका लागि रविन्द्र राज रेग्मी सम्मानित भए । नेपाली संस्कृति र समुदाय प्रवर्द्धनका क्षेत्रमा सक्रियता देखाएको आधारमा डी.बी. थापालाई समुदाय नेतृत्व तथा सांस्कृतिक प्रवर्द्धन अवार्डबाट सम्मान गरियो । कार्यक्रम अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्यले सञ्चालन गरेका थिए ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise