२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

भ्रामक र झुट्टा समाचारमा विश्वास नगर्न नेपाली सेनाको आग्रह

Nada
२०८२ भदौ २७ गते ११:०६
Shares
भ्रामक र झुट्टा समाचारमा विश्वास नगर्न नेपाली सेनाको आग्रह

काठमाडौँ : नेपाली सेनाले वर्तमान परिस्थितिमा सेनाबारे विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सम्प्रेषण भइरहेका भ्रामक र झूटा समाचारहरूमा विश्वास नगर्न आम सर्वसाधारणलाई आग्रह गरेको छ ।  सेनाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आधिकारिक सूचनाका लागि तोकिएका निकायहरूसँग समन्वय गर्न पनि अनुरोध गरेको हो।

ncell

विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टीका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको छ ।’

साथै, सेनासम्बन्धी सूचना आदान–प्रदानका लागि सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने र स्थानीय तहमा तोकिएका पृतना हेडक्वार्टरहरूसँग पनि समन्वय गर्न सकिने जानकारी दिइएको छ ।

सम्बन्धित खबर