२०८२ कार्तिक १६ गते आइतवार / Nov 02 , 2025 , Sunday
२०८२ कार्तिक १६ गते आइतवार
Ads

जेनजीमा विभाजनको खेल

shivam cement
२०८२ भदौ २६ गते ०६:२५
जेनजीमा विभाजनको खेल

काठमाडौं : पछिल्लो परिस्थितिजन्य घटनाबाट खाली भएको मुलुकको नेतृत्व कसले गर्ने भन्ने विषयमा जेनजीभन्दा फरक व्यक्तिहरू हावी भएर युवा समुहलाई विभाजित बनाएका छन् ।  आगामी बन्ने अन्तरिक सरकारको नेतृत्व र उक्त सरकारमा सहभागी हुने विषयमा आन्दोनरत पक्ष  भन्दा फरक व्यक्तिहरूको खेल भएसँगै जेनजी पुस्तामा विभाजन देखिएको हो । 

सैनिक मुख्यालयमा बोलाइएको छलफलको दृश्यले यसलाई पुष्टि गरेको छ । मंगलबार राती नै सेनाले जेनजीलाई प्रतिनिधिमुलक ढंगबाट वार्ता गर्न आव्हान गरेपनि उनिहरूले आफ्नो नेता छान्न नसकेपछि  बुधबार पनि वार्ता सफल हुन सकेको छैन् । सेनाको जंगि अड्डामा आन्दोलनतर युवाहरूको चाहाना विपरित मेडिकल व्यवसायी तथा राजावादी आन्दोलन भड्काएका दुर्गा प्रसाईलाई बोलाइएपछि युवाहरूले त्यसलाई अस्वीकार गरेका छन् ।  

अन्तरिम सरकारमा जाने दौडमा यतिबेला सुशिला कार्की, हर्क साम्पाङ, दुर्गाप्रसाई, बालेन साह, कुलमान घिसिङसहितका व्यक्तिहरू जंगि अड्डामा लाईनमा छन् । रास्वपाले रविलाई पठाउने योजनाकासाथ युवाहरूमाझ खेलेको छ । दुर्गाप्रसाईले युवाहरूको एउटा समुहलाई कम्भिन्स गरेका छन भने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एउटा समुहलाई निकट बनाएका छन् । बालेनका पक्षमा अधिकांश युवाहरू देखिएपनि त्यसको निर्णयमा प’ने अवस्था समेत देखिदैन । किनकी बालेन अहिले सेना र जेनजी दुबै पक्षसँग सम्पर्कमा नरहेको श्रोतको दाबी छ । 

भावी प्रधानमन्त्रीमा इच्छा मेयर साम्पाङ बुधबार नै धरानबाट काठमाडौं आएर सिधै जंगीअड्डा पुगेका थिए ।जेनजीहरुले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सिफारिस गर्ने संकेत गरेपछि साम्पाङले आफ्ना समर्थकहरुलाई जंगी अड्डा बाहिर उतारेर होहल्ला मञ्चाएका छन् । उनीहरूले जंगी अड्डा बाहिर गेटमा होहल्ला र नारावाजी गरेपछि सेनाले माइकिङ गरेर अर्कोदिन आउन भनेको छ ।

यी घटनाले जेनजी पुस्ताको एजेण्डा र उनिहरूको माग सम्बोधन हुने विषय ओझेलमा परेका भन्दै आन्दोलनमा खटिएका युवाहरूले आपत्ति जनाएका छन् । एक भएर आन्दोलनबाट सत्ता परिवर्तन गरेका जेनजीहरू रवि लामिछाने, हर्क साम्पाङ, बालेन साह, दुर्गा प्रसाई, सुशिला कार्की, कुलमान घिसिङका नाममा विभाजित भएपछि उनिहरूको मुद्दा तुहिने अवस्थामा पुगेको छ । अभियान्ताबाट नेता हुने लाइनमा रहेका उल्लेखित व्यक्तिहरूबीच नेतृत्वको लागी तँछाड मछाड गर्दै एक अर्काप्रति आरोप प्रत्यारोपमा उत्रिन थालेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर