२०८२ कार्तिक १६ गते आइतवार / Nov 02 , 2025 , Sunday
२०८२ कार्तिक १६ गते आइतवार
Ads

स्कुल, कलेज छाडेर सडकमा उत्रिए जेनजी

shivam cement
२०८२ भदौ २३ गते १०:०२
स्कुल, कलेज छाडेर सडकमा उत्रिए जेनजी

काठमाडौं : नयाँ पुस्ता भनेर चिनिने ‘जेनजी’ (सन् १९९७ देखि २०१२ बीच जन्मिएका) युवाहरूले सोमबारदेखि राजधानी काठमाडौंमा सडक प्रदर्शन थालेका छन् ।

माइतीघर मण्डलामा भेला भएका उनीहरूले बिहान ११ बजेतिर बानेश्वरतर्फ शान्तिपूर्ण मार्च सुरु गरेका हुन् । सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र मुलुकभर बढ्दो भ्रष्टाचार उनीहरूको मुख्य एजेन्डा बनेको छ ।

काठमाडौं मात्र नभई पोखरा, दाङसहित अन्य सहरहरूमा पनि आजैदेखि जेनजी पुस्ताको आन्दोलन सुरु भएको छ ।

माइतीघरमा स्वतःस्फूर्त भेला भएका सहभागीहरूले ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘स्टप करप्सन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

कलेज र स्कुलको पोशाकमै आएका युवासहित विविध पेशा–व्यवसायमा संलग्न युवाहरूले पनि सहभागिता जनाएका छन् । उनीहरूले रुख बिरुवा नष्ट नगर्ने, सार्वजनिक सम्पत्तिमा क्षति नगर्ने, तोडफोड वा आगजनी नगर्ने, सभ्य र जिम्मेवार शैलीमा प्रस्तुत हुने प्रतिबद्धता पनि जाहेर गरेका छन् ।

जेनजीको आन्दोलनलाई काठमाडौं महानगरका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित विभिन्न दलका जनप्रतिनिधि, कलाकार र स्वतन्त्र युवाहरूले समर्थन गरेका छन् ।

प्रदर्शनमा राजनीतिक दलसँग आबद्ध भ्रातृ संस्थालाई सहभागी हुन भने रोक लगाइएको छ ।

पहिले सामाजिक सञ्जालमार्फत मात्र प्रकट असन्तोषलाई जेनजी पुस्ताले यसपटक सडकमा उत्रिएर प्रत्यक्षरूपमा देखाएका छन्।

ADV

सम्बन्धित खबर