२०८२ भदौ २३ गते सोमवार / Sep 08 , 2025 , Monday
२०८२ भदौ २३ गते सोमवार
Ads

महिलालाई आयआर्जनमा जोड्न प्रजिअ खड्काको आग्रह

shivam cement
धर्मेन्द्रकुमार साह
२०८२ भदौ २२ गते २१:५६
महिलालाई आयआर्जनमा जोड्न प्रजिअ खड्काको आग्रह

रौतहट : रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद खड्काले सामाजिक रुपान्तरण र दिगो विकासका लागि विपन्न वर्गलाई जीविकोपार्जनको विकल्पसँग जोड्नुको विकल्प नरहेको बताएका छन् । 

जिल्ला प्रशासन कार्यालय गौरको सभाहलमा आयोजित जिल्ला परियोजना सल्लाहकार समितिको बैठकलाई  सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी खड्काले रौतहट जिल्ला शिक्षा लगायत कतिपय मानवीय सूचकांकको आधारमा देशमै पछाडि रहेको र यसको मूल कारण बेरोजगारी भएकाले जीविकोपार्जनको लागि विकल्प दिन सक्ने गरी संघसंस्थाले काम गर्नुपर्नेमा जोड दिए ।

उनले आम्दानी नगरेसम्म व्यक्तिले सामाजिक रुपमा आफुलाई रुपान्तरण गर्न नसक्ने उल्लेख गर्दै महिलालाई आयआर्जनको कामसँग जोड्न आवश्यक रहेको बताए । साथै वर्ल्ड भिजन र आर.डी.सी. नेपालले गरुडा र माधवनारायण नगरपालिकामा विपन्न नागरिकको उत्थानशीलताका लागि गरेको प्रयास सराहनीय रहेको समेत बताए ।

माधवनारायण नगरपालिकाका नगरप्रमुख बैजु यादवले नगरपालिका कार्यालयले शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गरिरहेको भन्दै संघसंस्थाको प्रयास सराहनीय रहेको धारणा राखे । 

वल्र्ड भिजन नेपाल र आर.डी.सी. नेपालको सहकार्यमा पछिल्लो पाँच वर्षदेखि गरुडा र माधवनारायण नगरपालिकामा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना र संरक्षण–सामुदायिक संलग्नता बाल स्पोन्सरशिप कार्यक्रमले पारेको प्रभाव तथा आगामी नीति सम्बन्धमा छलफल गर्न जिल्ला समन्वय समिति रौतहटले उक्त बैठकको आयोजना गरेको थियो । 

कार्यक्रममा कार्यक्रम व्यवस्थापक सन्तोष पहारीले कार्यक्रमको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा आर.डी.सी. अध्यक्ष पारस हुसैन, वल्र्ड भिजनका विनय अमात्य, आलोककुमार सिंह, आर.डी.सी. का आशिषकुमार सिंहलगायतको उपस्थिति रहेको थियो । 

ADV

सम्बन्धित खबर

Advertise