२०८२ भदौ २२ गते आइतवार / Sep 07 , 2025 , Sunday
२०८२ भदौ २२ गते आइतवार
Ads

प्रभावकारी सेवा प्रवाहमा मन्त्री न्यौपानेको जोड

shivam cement
मध्यान्ह
२०८२ भदौ २२ गते १५:१९
प्रभावकारी सेवा प्रवाहमा मन्त्री न्यौपानेको जोड

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिएकी छन् ।

निजामती सेवा दिवसका अवसरमा निजामती सेवा दिवस मूल समारोह समितिले यहाँ आज आयोजना गरेको कार्यक्रममा उनले सेवा प्रवाहमा विलम्ब नगर्न अनुरोध गरिन् । सेवा प्रवाहका क्रममा आवश्यक प्रविधिक सहयोग र उपकरणको उपयोग गर्न उनले सुझाइन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन कर्मचारीको महत्वपूर्ण भूमिका हुने भएकाले सक्षम, पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री प्रशासन आजको आवश्यकता रहेको बताइन् । 

मुख्यसचिव एकनारायण अर्यालले प्रविधिको प्रयोग गरेर सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी तुल्याउन आफूहरू क्रियाशील रहेको बताए ।

त्यस अवसरमा उपसचिवद्वय राजुप्रसाद गुरागाईं र चूडाराज न्यौपाने र शाखाअधिकृत सागर मिश्रलगायत १० जनालाई उत्कृष्ट कर्मचारी पुरस्कार र ३० जनालाई  निजामती सेवा पुरस्कार प्रदान गरिएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise