२०८२ भदौ २२ गते आइतवार / Sep 07 , 2025 , Sunday
२०८२ भदौ २२ गते आइतवार
Ads

कोशी र कर्णालीमा आज भारी वर्षाको सम्भावना

shivam cement
मध्यान्ह
२०८२ भदौ २२ गते ११:०१
कोशी र कर्णालीमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ : मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित छ । यस्तै सिक्किम आसपासको निम्न चापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भू-भागमा पर्ने देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा साधरणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडका थोरै र बाँकी भू-भागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशको पहाडी भू-भागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

राति कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू-भागमा साधरणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही  र बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराईका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise