२०८२ भदौ २२ गते आइतवार / Sep 07 , 2025 , Sunday
२०८२ भदौ २२ गते आइतवार
Ads

साउदीको हाफर अल–बातिनमा एनआरएनए तदर्थ समिति गठन

shivam cement
अन्जान गुभाजु
२०८२ भदौ २१ गते २०:५७
साउदीको हाफर अल–बातिनमा एनआरएनए तदर्थ समिति गठन

साउदी अरब : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद, साउदी अरबले हाफर अल–बातिनमा पानस बहादुर विकको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ । 

नेपाली श्रमिकको उत्साहजनक सहभागिताबीच गठन गरिएको उक्त समितिले नेपालीहरूको हित र अधिकारका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

समितिको उपाध्यक्षमा माधव राज लुईंटेल, सचिवमा श्याम गिरी, सह–सचिवमा रोशनराज भण्डारी, कोषाध्यक्षमा मिलन लामा, सह–कोषाध्यक्षमा राज कुमार श्रेष्ठ, युवा संयोजकमा अनिल मगर र प्रवक्तामा सन्तोष जैसवाल चयन भएका छन् । 

त्यस्तै, समितिका सदस्यहरूमा हरि शरण अधिकारी, मोतीबहादुर विश्वकर्मा, बलबहादुर विक, देवनन्द रोक्का र बिरेन्द्र ठकुल्ला रहेका छन् । 

समितिको संरक्षक मण्डलमा रामबहादुर लामा (प्रमुख संरक्षक), मनिष कोइराला र होम राज बास्तोला रहेका छन् । प्रमुख सल्लाहकारको भूमिकामा विष्णु भण्डारी र सल्लाहकारहरूमा राजु के.सी., गोविन्द के.सी. र भरत कुमार राना मनोनित भएका छन् । 

नवगठित समितिका पदाधिकारीहरूले हाफर अल–बातिन क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूको आवाज बुलन्द गर्ने, उनीहरूलाई आवश्यक पर्दा सहयोग गर्ने र साझा मञ्चको रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर । 

नेपाली श्रमिकहरूको हितका लागि गठित सो समितिले आगामी दिनमा विभिन्न सामाजिक, सांस्कृतिक तथा श्रमिक हितका कार्यक्रमहरूलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।

उक्त कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने नेपाल सरकारका सउदी अरबस्थित पर्यटन दूत राजेन्द्र अर्याल, एनआरएनए राष्ट्रिय समन्वय परिषदका वर्तमान अध्यक्ष उमेश भट्टराई, निर्वतमान अध्यक्ष रबिना अर्याललगायत अन्य पदाधिकारी तथा सल्लाहकारहरूलाई आयोजकद्वारा विशेष धन्यवाद ज्ञापन गरिएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise