२०८२ भदौ २१ गते शनिवार / Sep 06 , 2025 , Saturday
२०८२ भदौ २१ गते शनिवार
Ads

दोधारा-चाँदनी सुक्खा बन्दरगाह प्रधानमन्त्रीको भारत भ्रमणमा शिलान्यास हुन्छ : गृहमन्त्री लेखक

shivam cement
मध्यान्ह
२०८२ भदौ २१ गते १५:३५
दोधारा-चाँदनी सुक्खा बन्दरगाह प्रधानमन्त्रीको भारत भ्रमणमा शिलान्यास हुन्छ : गृहमन्त्री लेखक

कञ्चनपुर : गृहमन्त्री रमेश लेखकले दोधारा-चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह प्रधानमन्त्रीको आगामी भारत भ्रमणका बेला शिलान्यास हुने बताएका छन् ।

आज नेपाली कांग्रेसप्रतिनिधिसभा क्षेत्र नं ३ प्रशिक्षण विभागले दोधारा-चाँदनीमा आयोजना गरेको प्रशिक्षणमा उनले प्रधानमन्त्रीको आगामी भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले दोधारा-चाँदनीमा बन्ने सुक्खा बन्दरगाह निर्माणको संयुक्त रूपमा शिलान्यास गर्ने बताएका हुन् ।

“दोधारा-चाँदनीमा देशकै ठूलो सुक्खा बन्दरगाह बन्छ,” उनले भने, “यसको शिलान्यास दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा गर्ने कार्यक्रम छ ।” उनले दोधारा–चाँदनीमा पछिल्लो समय विकासले तीव्रता पाएको बताए ।

कुनै बेला आकाशमा बादल देख्ने बित्तिकै बाढीको त्रासमा बस्नुपर्ने दोधारा–चाँदनीको महाकाली र जोग बुढा नदीमा बाँध बनेपछि सुरक्षित बनेको उनको भनाइ छ । “महाकाली नदीमा देशकै ठूलो पक्की पुल बनेकाले यहाँ अस्पताल र क्याम्पस बनेका छन्”, गृहमन्त्री लेखकले भने, “जोग बुढा नदीमा बाँकी रहेका स्थानमा तटबन्ध बनाएर यहाँका नागरिकलाई बाढीबाट सुरक्षित गरिन्छ, त्यसका लागि बजेट विनियोजन भइसकेको छ ।”

उनले मुलुकमा संविधान निर्माणका लागि नेपाली काँग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै संविधानको रक्षा पनि काँग्रेसले गर्नुपर्ने धारणा राखे । गणतान्त्रिक शासन व्यवस्था सुदृढ गर्न कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । वर्तमान सरकारले नीतिगत र कानुनी सुधार गरेको उल्लेख गर्दै उनले यसमा कर्मचारीको ठूलो सहयोग रहेको बताए ।

ADV

सम्बन्धित खबर

Advertise