२०८२ भदौ २१ गते शनिवार / Sep 06 , 2025 , Saturday
२०८२ भदौ २१ गते शनिवार
Ads

चट्याङ लागेर प्रजाको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ भदौ २१ गते १२:४९
चट्याङ लागेर प्रजाको मृत्यु

वाग्मतीः चट्याङ लागेर हेटौँडा उपमहानगरपालिका–१५ कमेरोपानीमा एक जनाको मृत्यु भएको छ । 

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार चट्याङ लागेर हेटौँडा उपमहानगरपालिका– १६ सानो आकाशधाराका ३७ वर्षीय बुद्धबहादुर प्रजाको घटनास्थलमा नै मृत्यु भएको हो ।

स्थानीय धनबहादुर स्याङतानले सञ्चालन गरेको किराना पसलमा दैनिक उपभोगका सामान खरिद गर्न गएका बेला चट्याङ लागेर निजको मृत्यु भएको हो । शवपरीक्षणका लागि हेटौँडा अस्पताल पुर्‍याइएको छ ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise