२०८२ भदौ २१ गते शनिवार / Sep 06 , 2025 , Saturday
२०८२ भदौ २१ गते शनिवार
Ads

बोदे बरसाईनमा समाजिक सुनुवाइ कार्यक्रम सम्पन्न

shivam cement
घुरन यादव
२०८२ भदौ २१ गते ०८:४७
बोदे बरसाईनमा समाजिक सुनुवाइ कार्यक्रम सम्पन्न

सप्तरीः सप्तरीको बोदे बरसाईन नगरपालिकामा समाजिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा बोल्दै महिला बालबालिका तथा न्याय समितिकी सदस्य किरन कुमारी  साहले समाजिक सुनुवाइ, महिला हिंसा,लागुऔषद दुरूपयोग, बालविवाहलगायतका विषयमा आम नागरिक र जबावदेही निकायको भूमिकाबारे आफ्ना विचार राखेकी थिएन्  । उनले विभिन्न हिंसा रोक्न नगरभित्र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गरिन् । 

कार्यक्रममा प्रमुख अतिथि महिला बालबालिका तथा न्याय समितिकी सदस्य साह रहेकी थिइन् । विशिष्ट अतिथि मधेश प्रदेश सभाका सदस्य अनिरुद्रकुमार सिंह रहेका थिए । कमलेश  मन्डल, कार्यक्रम विज्ञ रोहित कुमार यादव, मनिस सुमन, रन्जु खङ्ग, स्वास्थ प्रमुख बैजनाथ यादव, शिक्षा प्रमुख रामसागर यादव, प्रशासकिय अधिकृत गजेन्द्र नाथ  शर्मा, बोदे बरसाईन नगरपालिकाका मेयर आतेश सिहलगायत पनि कार्यक्रकमा सहभागी थिए । 

युएनडीको सहयोगमा पतन्जलि योग सभाहलमा भएको कार्यक्रम देव बिलास यादवले सञ्चालन गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise