२०८२ असोज १ गते बुधवार / Sep 17 , 2025 , Wednesday
२०८२ असोज १ गते बुधवार
Ads

राजदूत ढकाललाई अल कासिममा भव्य स्वागत

shivam cement
अन्जान गुभाजु
२०८२ भदौ १९ गते १२:५०
राजदूत ढकाललाई अल कासिममा भव्य स्वागत

रियाद, साउदी अरब : साउदी अरेबियाका लागि नेपाली राजदूत नरेश विक्रम ढकाललाई अल कासिम भ्रमणका क्रममा इस्लामिक सेन्टर बुराइदाले मंगलबार विशेष कार्यक्रममार्फत भव्य स्वागत गरेको छ ।

सचेतक अलि हुसेनको समन्वयमा आयोजित कार्यक्रममा इस्लामिक सेन्टरका प्रमुख अबु फिरास अबु उमर, अबु अब्दुल्लाह सोहेम, अबु फहद तुवैजरी उपस्थित थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसी सदस्य विशाल श्रेष्ठ, एनआरएनए साउदी अरबका उपाध्यक्ष मनिष कोइराला, सचिव ध्रुव कटुवाल, आरसीसी अल कासिम अध्यक्ष बिनोद खड्का, उनैजा इस्लामिक सेन्टरका मुजीबू रहमानसहित इस्लामिक युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीहरू समेत सहभागी थिए ।

कार्यक्रममा सचेतक हुसेनले इस्लामिक सेन्टरले विगतदेखि नै समस्यामा परेका नेपाली श्रमिकलाई खाना, बसोबास र स्वदेश फर्कने सहयोग गर्दै आएको जानकारी दिँदै आगामी दिनमा पनि श्रमिक हितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाए । त्यस्तै, सामाजिक कल्याण तथा सचेतना विभाग प्रमुख अबु फेरासले नेपाली समुदायलाई प्राथमिकतामा राखेर सहयोगलाई अझ व्यवस्थित रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

समाजसेवी विशाल श्रेष्ठले सेन्टरको योगदानको प्रशंसा गर्दै “नेपाली संघ–संस्था र सेन्टरबीचको सम्बन्ध नङ–मासुको जस्तै बलियो बनेको छ” भन्दै धन्यवाद ज्ञापन गरे ।

सो क्रममा राजदूत ढकालले इस्लामिक सेन्टरले श्रमिक हितमा गरेको योगदानको प्रशंसा गर्दै सचेतक हुसेनलाई विशेष धन्यवाद ज्ञापन गरे । उनले भने, 'हामी सबै मानव हौं, मानवताका आधारमा एकआपसमा सहयोगी भावनामा बाँचिरहनुपर्छ, दूतावासको तर्फबाट सहयोग निरन्तर रहन्छ ।' साथै, उनले सेन्टरका पदाधिकारीलाई नेपाल भ्रमणको निम्तो दिँदै आवश्यक सहयोग गर्ने आश्वासन पनि दिए ।

कार्यक्रममा राजदूत ढकाललाई मायाको चिनो प्रदान गरिएको थियो । एनआरएनए उपाध्यक्ष मनिष कोइरालाले अल कासिम क्षेत्रमा नेपाली श्रमिकका लागि सेल्टर स्थापना गर्न माग पनि राखे । कार्यक्रममा उपस्थित सबैलाई सेन्टरले उपहार प्रदान गरेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise