२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न सक्दैनः पुष्पकमल दाहाल

shivam cement
२०८२ भदौ १८ गते १७:३२
Shares
वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न सक्दैनः पुष्पकमल दाहाल

काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न नसक्ने बताएका छन् ।

भ्रष्ट र दलालहरुले कांग्रेस–एमाले गठबन्धन बनाएको आरोप लगाउँदै उनले वर्तमान सरकारले भ्रष्टाचार, बेथिति र अराकजताविरुद्ध केही पनि गर्न नसक्ने बताएक हुन् । दलाल, विचौलियाहरुले आफू अनुकूल काम गराउन वर्तमान सरकार बनाइएको अध्यक्ष दाहालको जिकिर थियो ।

बुधबार काठमाडौंमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले सरकार भ्रष्टहरुले बनाएकाले मुलुकमा राम्रो काम गर्ने उपसभामुख इन्दिरा राना, कुलमान घिसिङहरुलाई सरकारले हटाउने काम गरिरहेको दाबी गरे । उनले आफूले भ्रष्टाचारको विरुद्ध अभियान चलाउँदा सरकारबाट हट्नुपरेको पनि दोहोर्‍याए । 

अध्यक्ष दाहालले भने, ‘सत्तारुढ कांग्रेस–एमाले गठबन्धन नेताहरुले बनाएको होइन । मलाई कण्ठ थाहा छ–त्यो विचौलिया, दलालहरुले उनीहरुको घरमा, उनीहरुको होटलमा लगेर उनीहरुको इच्छा अनुसार बनेको सरकार भयो यो । त्यसकारण यो सरकारले भ्रष्टाचारका विरुद्ध केही पनि गर्न सक्दैन । यो सरकारले बेथिति र अराजकताकाविरुद्ध केही पनि गर्न सक्दैन । किनकी उनीहरुले नै बनाएको सरकार हो । राम्रो काम गर्न खाज्यो हटाउ भन्छ सरकार । राम्रो काम गर्न खोज्यो कुलमान हटाउने । कान्छा राम हटाउने । अलि राम्रो इन्दिरा राना हटाउ । हेर्नुस्त छ छानीछानी जनजाति हटाउने । छानीछानी राम्रो काम गर्ने मान्छे हटाउने । अनि आफूलाई फाइदा हुनेगरी बिचौलिया र दलालले भनेजस्ता मान्छे भर्ती गर्ने । यही त अहिले भइराखेको छ । त्यसो भएको हुनाले म तपाईहरुलाई के भन्न चाहन्छु भने यो परिस्थिति हामीले बदल्नु पर्नेछ । अरुले होइन ।’

अध्यक्ष दाहालले मुलुकलाई सही बाटोमा अघि बढाउन प्रत्यक्ष निर्वाचन कार्यकारी राष्ट्रपतीय प्रणाली र समानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको समेत बताए । उनले संविधानमाथि घात हुने खतरा अझै नटरेको पनि बताए । 

ADV

सम्बन्धित खबर