रौतहट : इलाका प्रहरी कार्यालय गंगा पिपरालाई मोटरसाइकल प्रदान गरिएको छ । गाउँपालिका अध्यक्ष शम्भु सिंहले मंगलबार एक कार्यक्रमका बीच इलाका प्रहरी कार्यालय गंगा पिपरालाई दुई थान मोटरसाइकल उपलब्ध गराएका हुन् ।
प्रमुख सिंहले मोटरसाइकलको साँचो इलाका प्रहरी कार्यालय गंगा पिपराका सई भैरव दासलाई हस्तान्तरण गरे ।
मधेश प्रदेश सरकार गृह तथा सञ्चार मन्त्रालयबाट एउटा र गाउँपालिकाले आफ्नोतर्फबाट एउटा गरी दुई वटा मोटरसाइकल उपलब्ध गराइएको दुर्गाभागावती गाउँपालिकाका अध्यक्ष सिंहले बताए ।
आउँदो चाडपर्व दसैं, दिपावली तथा छठ पर्वलाई लक्षित गर्दै मोटरसाइकल उपलब्ध गराइएको उनले बताए । यसले प्रहरी गस्तीमा सहजता पुग्ने उनको विश्वास छ ।