काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्ट्रपति हान चङबीच मंगलबार भेटवार्ता भएको छ ।
बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्ट हाउसमा उनीहरुबीच दुई पक्षीय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सांघाई सहयोग संगठन (ससीओ) प्लस को शिखर सम्मेलनका लागि प्रधानमन्त्री ओली गत शनिबार चीन भ्रमणमा गएका थिए ।