२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

‘आगामी निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्‍याउँछौँ’

shivam cement
२०८२ भदौ १५ गते ०८:३१
Shares
‘आगामी निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्‍याउँछौँ’

सुदूरपश्चिम : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता बामदेव गौतमले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने विश्वास व्यक्त गरेका छन् । 

आज धनगढीमा आयोजित पार्टीको बैठकमा गौतमले २०८४ को निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्‍याउने आफ्नो संकल्पलाई साथ दिन नेता तथा कार्यकर्तालाई आग्रह गरे। उनले भने, “निर्वाचनमा बहुमत ल्याएर पार्टीकै नेतृत्वमा सरकार गठन गर्ने र नेपालमा गरिबी समाप्त पारेर समाजवाद निर्माणका लागि उदाहरण दिन सक्नुपर्छ ।” 

‘एक व्यक्ति, एक जिम्मेवारी’ दिएर पार्टी अघि बढ्ने उनले बताए । तत्कालीन नेकपाबाट बाहिरिएपछि नेकपा एकता अभियान चलाएका नेता गौतम केही समयअघि नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए । पार्टी प्रवेशपछि आज धनगढीमा भएको पार्टीको बैठकमा उनी पहिलो पटक सहभागी भएका हुन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर