२०८२ भदौ १० गते मङ्गलवार / Aug 26 , 2025 , Tuesday
२०८२ भदौ १० गते मङ्गलवार
Ads

उखु किसानको आन्दोलनलाई पूर्वप्रधानमन्त्री भट्टराईको समर्थन

shivam cement
मध्यान्ह
२०८२ भदौ १० गते १५:५४
उखु किसानको आन्दोलनलाई पूर्वप्रधानमन्त्री भट्टराईको समर्थन

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले आन्दोलनरत उखु किसानहरुको आन्दोलनलाई समर्थन जनाएका छन् ।

मंगलबार काठमाडौंको माइतीघर मण्डलामा पुगेर उनले उखु किसानका मागहरु जायज रहेको भन्दै समर्थन जनाएका हुन् । उनले उखु किसानलाई दिने भनिएको अनुदान सरकारले एक्लौटी निर्णयबाट कटौती गरेको भन्दै सरकारको आलोचना गरे ।

उनले उखु किसानलाई दिने भनिएको अनुदान घटाएको तथा घटाएको अनुदान मूल्यसमेत समयमै उपलब्ध नगराएर सरकारले किसानहरुमाथि अन्याय र ठगी गरेको आरोप लगाए । उनले आन्दोलनरत किसानहरुलाई आफ्ना जायज मागहरुप्रति एकताबद्ध भएर अडिग रहन समेत आग्रह गरे ।

मधेश प्रदेशसहित देशभरका उखु किसानहरुले सरकारले तोकेको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान कायम गर्न तथा वक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलन गर्दै आएका छन् । आर्थिक वर्ष २०८१/८२ को उखुको भुक्तानी रकम माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise