२०८२ भदौ १० गते मङ्गलवार / Aug 26 , 2025 , Tuesday
२०८२ भदौ १० गते मङ्गलवार
Ads

भेरी अस्पतालमा निःशुल्क डाइलायसिस सेवा

shivam cement
मध्यान्ह
२०८२ भदौ १० गते १४:५५
भेरी अस्पतालमा निःशुल्क डाइलायसिस सेवा

नेपालगञ्ज : भेरी अस्पतालमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीले निःशुल्क डाइलायसिस सेवा पाउने भएका छन् । 

स्वास्थ्य सेवा विभागअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिकाअनुसार ती सेवाका लागि भेरी अस्पताललाई सूचीकृत गरेसँगै बिरामीले निःशुल्क डाइलायसिस सेवा पाउने भएका हुन् । 

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले हेपाटाइटिस बी र एचआइभी सङ्क्रमितलाई सेरोपोजेटिभ बिरामीको रुपमा परिभाषित गरिएको जानकारी दिए । बिरामीले एक वर्षमा रु तीन लाखबराबरको डाइलायसिस सेवा पाउनेछन् ।

अस्पताल सूचीकृत भएसँगै लामो समयदेखि डाइलायसिस सेवाको खर्च थेग्न नसकेर उपचारमा समस्या भोग्दै आइरहेका बिरामीलाई ठुलो राहत मिल्ने भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट सुवेदीले  बुधवारबाट सो सेवा सुरु हुने जानकारी दिए । हालसम्म ज्येष्ठ नागरिक, सिकलसेल तथा थालेसिमिया, सामान्य डाइलायसिस, स्पाइन इन्जुरी, हेडइन्जुरी र मुटुका बिरामीले विपन्न नागरिक औषधोपचार कार्यक्रमबाट निःशुल्क सेवा लिँदै आएका थिए ।

अस्पताललाई मिर्गौला प्रत्यारोपण र पेरिटोनियल डायलाइसिसका लागि पनि सूचीकृतको अन्तिम तयारी थालिएको छ । सूचीकृत भए मिर्गौला प्रत्यारोपणका बिरामीहरुले भेरी अस्पतालबाटै रु सात लाख पाउनेछन् । सरकारले मिर्गौला प्रत्यारोपणका लागि रु चार लाख, औषधि खर्चबापत रु दुई लाख पाउने भएका हुन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise