२०८२ भदौ ७ गते शनिवार / Aug 23 , 2025 , Saturday
२०८२ भदौ ७ गते शनिवार
Ads

म्याग्दीमा झोलुंगे पुलले सहज बन्यो यात्रा

shivam cement
मध्यान्ह
२०८२ भदौ ७ गते १७:१९
म्याग्दीमा झोलुंगे पुलले सहज बन्यो यात्रा

म्याग्दी : म्याग्दीको मंगला गाउँपालिका-४ को न्यूखोलामा झोलुंगे पुल निर्माण भएपछि एक घण्टाको यात्रा ३० मिनेटमा छोटिएको छ । 

मंगला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुंग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव पाँच मिटर लामो झोलुंगे पुल निर्माण गरेको हो । पुल बनेपछि खोल्सा र जंगलमा घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हटेको मंगला गाउँपालिका-४ का मनमाया चोचांगीले बताइन् । 

“धापुंग र महेश गाउँका एक सय पाँच घरपरिवारलाई वडा कार्यालय जान एक घण्टाको बाटो ३० मिनेटमा छोटिएको छ,” उनले भनिन्, “बर्खामा न्युखोलामा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता पनि हटेको छ ।”

रु. ५७ लाख १० हजार ८६० लागत अनुमान गरिएको पुल उपभोक्ता समितिबाट निर्माण गरिएको हो । उपभोक्ता समितिले रु. ६४ हजार नौ सय ६१ बराबरको श्रमदान गरेका छन् । 

रु. ११ लाख ६६ हजार ४२४ मा स्टिल खरिद र उपभोक्ता समितिलाई रु. ३१ लख ८३ हजार ९१ भुक्तानी भएको मंगला गाउँपालिकाका प्राविधिक शाखा प्रमुख सवइञ्जिनियर रुचेन्द्र अधिकारीले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise