२०८२ भदौ ६ गते शुक्रवार / Aug 22 , 2025 , Friday
२०८२ भदौ ६ गते शुक्रवार
Ads

कतारमा ४८ जना नेपालीले गरे रक्तदान

shivam cement
तिलु शर्मा पौडेल
२०८२ भदौ ६ गते १९:१०
कतारमा ४८ जना नेपालीले गरे रक्तदान

दोहा, कतार : दलित एकता सञ्जाल कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  नेपाली रक्तदाता संघ, कतारसँगको समन्वय, विश्वकर्मा समाज र परियार मित्रता समाज कतारको सहआयोजनामा सम्पन्न रक्तदानमा  ४८ जनाले रक्तदान गरेका छन् । 

शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रम मध्याह्नसम्म चलेको थियो । रगत अभावका कारण प्रवासमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले सञ्जालले पहिलो पटक रक्तदान कार्यक्रम आयोजना गरेको समाजका अध्यक्ष प्रकाश विश्वकर्माले बताए ।

रक्तदाताहरूलाई समाजले प्रमाण पत्रले सम्मान गरेको थियो । रक्तदान जस्तो पुण्यको कार्यमा उल्लेख्य उपस्थित जनाउने तथा दाताहरूलाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ । कार्यक्रममा एनआरएनए एनसीसी कतारका प्रमुख तथा पदाधिकारीहरूसहित कतारमा स्थापित संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise