२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

नागरिकता विधेयक राष्ट्रिय सभाबाट पारित

Nada
२०८२ भदौ ६ गते १६:४९
Shares
नागरिकता विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं : नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।

ncell

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले गृहमन्त्री रमेश लेखकले पारित गर्न राखेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ सर्वसम्मतिले पारित भएको घोषणा गरे ।

जसअघि सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले विधेयक सरकारले प्रश्तुत गरेको भन्दा उन्नत, व्यवहारिक, पारदर्शी बनाएर संसदले अघि बढाएको बताए । उनले विधेयक पारित गरेर आफूहरुले ऐतिहासिक प्रस्थान गरेको जिकिर गरे । आमा पनि वंश हो भन्नेकुरा व्यवहारिक स्थापना गरेको उनको भनाइ थियो ।

ताजा खबर

सम्बन्धित खबर